Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

परियोजना संचालन


परिभाषा

पशुपालन तथा कृषिलाई व्यवसायीकरण गरी स्थानीयस्तरमा रोजगारी वृद्धि गर्दै ग्रामीण समुदायको गरिवीे न्यूनीकरण गर्ने उद्देश्य अनुसार विगत ३ वर्ष लामो अध्ययन पश्चात् संस्थाको लगानीमा पशुपालन व्यवसायमा पाइलट कार्यक्रमको रुपमा चितवन जिल्लाको खैरहनी न.पा. वडा नं.१२ कुमरोजमा नेपालकै सर्वाधिक ठूलो गाई पालन परियोजना वि.सं.२०७० जेठ महिनाबाट “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर”को निर्माण कार्य सुरुवात गरिएको व्यहोरा सम्पूर्ण शेयरसदस्य महानुभावहरुलाई जानकारी गराउन चाहन्छौं । परियोजना स्थल पूर्व पश्चिम राजमार्गमा पर्ने चितवन जिल्लाको पर्सा बजारबाट ५ कि.मी. दक्षिण तथा भरतपुरबाट १५ कि.मी. पूर्व दक्षिण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सीमा नजिक अवस्थित छ । डेरी फार्म १९ विघा जग्गामा संचालन गरिएको छ भने हाल परियोजनामा जम्मा ४५८ गाईहरु पालिएका छन् । आ.व. ०७४/०७५ को फाल्गुन मसान्त भित्रमा परियोजनाको समुद्घाटन कार्य सम्पन्न गर्ने लक्ष्य समेत लिईएको व्यहोरा सम्पूर्ण शेयरसदस्य महानुभावहरुलाई जानकारी गराउन चाहन्छौं । साथै यसै आ.व.मा काठमाण्डौं उपत्यकामा डेरी परियोजना संचालन गरिने व्यहोरा समेत सम्पूर्ण शेयरसदस्य महानुभावहरुमा जानकारी गराउँदछौं ।


लक्ष्यः

उन्नत नश्लका गाईबाट गुणस्तरयुक्त दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्नुको साथै उन्नत नश्लका गाईको स्रोत केन्द्रको रुपमा विकास गरी नमूना डेरी फार्म स्थापना गर्ने ।


उद्देश्य

१. सहकारीको लगानीबाट रोजगारीका अवसरहरु सृजना गरी गरिवी न्यूनीकरणमा टेवा पु¥याउने ।

२. गुणस्तरयुक्त दूध उत्पादनमा वृद्धि गरी खाद्य सम्प्रभुता कायम गर्न सहयोग पु¥याउने ।

३. दुग्ध व्यवसायसंग सम्बन्धित अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रम सञ्चालन गर्ने, गराउने ।

४. गाई र घाँस सम्बन्धी उन्नत प्रविधिको स्रोत केन्द्रको रुपमा विकास गर्ने ।

५. फार्मलाई कृषि पर्यटन स्थलको रुपमा विकास गर्ने ।

६. घाँस खेती गर्ने, कृषक, कृषक समूह, सहकारी तथा सामुदायिक बन उपभोक्ता समूहहरु संग सहकार्य गर्ने ।

७. दुग्ध क्षेत्रसंग सम्वन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवं सहकार्य गर्ने ।

कार्यनीति

श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरले सम्बद्ध उद्यमी, व्यवसायी एवं समुदायको सहभागितामा सरकारी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर–सरकारी संघ संस्था, शिक्षण संस्था, अनुसन्धान गरिने निकायहरु संगको साझेदारितामा लक्ष्य र उद्देश्य हाँसिल गर्ने ।


मुख्य क्रियाकलापहरु

१. उन्नत प्रविधिको प्रयोग गरी विभिन्न जातका घाँस खेतीगर्ने।

२. विभिन्न स्रोतबाट पशु आहार (घाँस, पराल, दाना आदि) संकलन गर्ने ।

३. उन्नत जातका गाई पालन गर्ने ।

४. उन्नत जातका गाई बिक्री गर्ने ।

५. उत्पादित तथा संकलित पशु आहारको भण्डारण गर्ने ।

६. डेरी फार्मको आयोजना स्थलमा आवश्यकतानुसार भौतिक पूर्वाधार निर्माण गर्ने ।

७. स्थानीयस्तरमा समुदाय परिचालन गरी कार्यक्रमको विभिन्न चरणमा सहभागिता बृद्धि गर्ने ।

८. दूध तथा दुग्धजन्य पदार्थको उत्पादन गरी बजार व्यवस्थापन गर्ने ।

९. अनुसन्धान तथा तालिम कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने ।

उत्पादन बजारीकरण

फार्मबाट उत्पादित दूध, दूधजन्य पदार्थ, बाच्छा बाच्छी, मल, वायोग्यास, पशु आहार, उन्नत घाँस बिउ, बिरुवा, आदि क्रय बिक्रय हुनेछ ।

स्थान

चितवन जिल्ला खैरहनी न.पा. वडा नं. १२ कुमराेज ।



Photo Gallery



Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here