Customer Service : ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५

उद्देश्य

सदस्यहरूलाई सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा समृद्ध बनाउनको लागि देहाय बमोजिमका कार्यहरु गर्नु संस्थाको मुख्य उद्देश्य हुनेछ ।

  • नियमित रूपमा सदस्यहरूबाट निक्षेप संकलन गर्नुको साथै उनीहरूले जम्मा गरेको निक्षेपमा प्रतिस्पर्धात्मक दरमा ब्याज प्रदान गर्ने ।
  • संस्थाको दिगो विकास गर्न सदस्यहरूको हितलाई समेत मध्यनजर गरी कृषि, पशुपालन, जलविद्युत, शैक्षिक, स्वास्थ्य तथा आवासिय परियोजना लगायत अन्य परियोजनामा एकल वा संयुक्त रुपमा लगानी गर्ने ।
  • संस्थामा आवद्ध सदस्यहरूलाई स्वावलम्वन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित रुपमा बचत गर्ने बानीको विकास गर्ने ।
  • उत्पादनशील, आयमूलक र सिपमूलक उद्देश्यका लागि सदस्यहरूलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने ।
  • आत्मनिर्भर एवं आत्मविश्वास सम्बन्धी धारणाबारे सदस्यहरूलाई उत्प्रेरित गर्ने ।
  • सदस्यहरूको आर्थिक अवस्थामा सुधार गर्न सक्ने विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू संचालन गर्ने ।
  • दातृ संस्थाहरूबाट कुनै शर्त राखी वा नराखी प्राप्त हुने     चन्दा तथा अनुदान स्वीकार गर्ने ।
  • अन्य संघ संस्थाबाट ऋण लिने र आफ्ना सदस्यहरूलाई ऋण दिने ।
  • उपभोग्य सामाग्रीको खरिद बिक्री गर्ने पसलहरू संचालन गर्ने ।
  • सम्बन्धित निकायको स्वीकृती लिई बीमा व्यवसायसँग सम्बन्धित कार्यहरू र संस्थागत बीमा अभिकर्ताको कार्य गर्ने ।
  • संस्थागत प्रयोजनको लागि सवारी साधन, मेशिनरी सामान, उपकरणहरू लगायत अन्य माल सामानहरू विदेशबाट आयात गर्न प्रतितपत्र खोली आयात गर्ने ।
  • संस्थाको उद्देश्य पूरा गर्नको लागि विभिन्न उद्देश्य भएका स्थानिय, क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरू सँग सहयोगात्मक भावनाको विकास गर्ने ।
  • सदस्यहरूलाई सहकारीता सम्बन्धी चेतना अभिबृद्धि गराउनको लागि सहकारी तथा सिपमुलक तालिम कार्यक्रमहरु संचालनका लागि आवश्यक व्यवस्था मिलाउने ।
  • सम्बन्धित निकायको स्वीकृत लिई ऋणपत्र जारी गर्ने ।

यसका अतिरिक्त संस्थाको थप उद्देश्यहरू विनियममा व्यवस्था भए बमोजिम हुनेछ भने, उद्देश्य प्राप्त गर्न गरिने कार्यहरू समेत विनिमयमा उल्लेख गरिए बमोजिम हुनेछ ।







Contact

ललितपुर जिल्ला , ललितपुर महानगरपालिका
Ward No. - ३, पुल्चोक
Phone No. ५४४६१८०, ५४०९०१२, ५४०९१०१, ५४३२८५५
Fax : ५४५४८८१
P.O.Box - ८९७५, इ.पि.सी. २४४३
info@shreelaligurans.coop.np
Location : Click Here